२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा ‘प्राथमिक शिक्षा वर्ग’

शुक्रवार , कार्तिक १७, २०८०

भैरहवा, १७ कार्तिक ।
हिन्दू स्वयंसेवक संघ, नेपालले रुपन्देहीमा प्रशिक्षण कार्यक्रम (प्राथमिक शिक्षा वर्ग) गरेको छ । युवालाई आफ्नो देशको धर्म, संस्कृति संरक्षण र रक्षाका लागि उजागर गर्ने उद्देश्यले संघले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित मधवलियामा आवासीय सातदिने कार्यक्रम गरेको हो । 

हिन्दू संस्कार र यसको महोत्वबारे जानकारी गराउने उद्देश्यले कार्तिक ११ गते देखि सुरु भएको कार्यक्रम १८ गतेसम्म सञ्चालन भइरहेको छ । रुपन्देही जिल्लाका ३८ जना प्रशिक्षार्थीलाई २१ विषयवस्तुमा प्रशिक्षण गरिएको आयोजकले जनाएका छन् ।
बालबालिकाहरुलाई हिन्दू धर्म संस्कार र अनुशासनको बारेमा ज्ञानबोध गराउनको लागि कार्यक्रम आयोजना गरिएको जिल्ला संघचालक गोकुल पोखरेलले बताए ।

हिन्दु धर्मको संरक्षण गर्नु मुख्य जोड रहेको तिलोत्तमा नगरपालिकाका संघचालक सुधिर गुरुङले बताए ।

370306407_883118006587512_8721959021778097315_n.jpg

प्रशिक्षणको छैठौं दिन शुक्रबार शान्तिपूर्ण ¥याली निकालेको छ । सञ्जिवनी शिक्षा सदन स्कुलबाट  निकालिएको ¥याली कोटिहवा, जुडाडाँडा मधवलिया हुँदै पुनः सञ्जिवनी शिक्षा सदन पुगेर समापन भएको थियो ।