२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

बुटवलबाट साढे ३ लाख मूल्य बराबरको पटाकासहित एकजना पक्राउ  

बिहिवार , कार्तिक १६, २०८०

बुटवल, १६ कार्तिक । 
साढे ३ लाख रुपैयाँ बराबरका पटाकासहित रुपन्देहीको बुटवलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ३ लाख ३७ हजार ९ सय ८१ रुपैयाँ बराबरको पटाकासहित बुटवल उपमहानगरपालिका–५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल–६ स्थित खयरघारी, सुन्दरनगरमा गुप्ताको घरमा अवैध रुपमा लुकाइछिपाई भण्डारण गरेर राखिएको पटाका बरामद गरिएको प्रहरीको भनाइ छ । पक्राउ गरिएका गुप्तामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।