२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

ईपीएसमार्फत दक्षिण कोरिया गइ फर्किएकाको पुनःस्थापनाको लागि सर्वेक्षण कार्यक्रम हुँदै

बिहिवार , कार्तिक १६, २०८०

भैरहवा, १६ कार्तिक ।
ईपीएसमार्फत दक्षिण कोरिया गई फर्किएका (रिटर्नी) हरुको पुनःस्थापनाका लागि सहायता, सुदृढीकरण परियोजना अन्तर्गत पहिलो चरणको सर्वेक्षण कार्यक्रम हुने भएको छ । कार्तिक १७ गते भोली रुपन्देहीको तिलोत्तमा योगिकुटीस्थित होटल पौवामा हुने आयोजक कोइका नेपालले जनाएको छ ।

एशियन कल्चरल सेन्टरको सहकार्यमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा सहभागी हुन आयोजक संस्थाका गम्भिर गुरुङले बताए । त्यस्तै कार्यक्रम कार्तिक १८ गते कपिलवस्तुको जितपुरस्थित होटल हिमालयनमा हुने उनले जानकारी दिए । कार्यक्रम कार्तिक १५ गते गुल्मीमा सम्पन्न भइसकेको छ ।

आयोजकका अनुसार नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको द्विपक्षीय सम्झौता बमोजिम कार्यान्वयनमा रहेको यो परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गरी नेपालमा फर्केका कामदारहरुको सफल पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्य रहेको छ ।