images
images

आइतवार, जेठ ६ गते २०८१

सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै स्थानीयको विरोध

सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै स्थानीयको विरोध

images
images
images
बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • सार्वजनिक जग्गा हडप्न खोजेको भन्दै स्थानीयको विरोध

    बुटवल, १६ कात्तिक ।
    सार्वजनिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ चौरालीपथका स्थानीय विरोधमा उत्रिएका छन् । चौराली पथमा रहेको नक्सा नं. ९ क कित्ता नं. ४६८६ क्षेत्रफल साढे ४ धुर जग्गा नापीको मूल नक्सा र फाइल नक्सा दुवै भिडाई पुर्वतर्फ बनेका संरचनाहरुलाई आधार मानेर नापजाँच गर्दा १८ धुर जग्गा बचेको र उक्त जग्गालाई व्यक्तिले हडप्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

    images
    images
    images

    बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नाँपजाँच गरेर बाँकी रहेको जग्गा स्वतः सार्वजनिक भएको र उक्त जग्गा चौराली पथबासीले तारबार गरी संरक्षण गरेको अवस्थामा महानवमीको दिन साढे ४ धुर जग्गा भएका जग्गाधनीले १८ धुर जग्गा समेत हडप्न खोजेको आरोप लगाएका छन् । ‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानीयले विरोध गरेका छन् ।  ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानीय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कात्तिक ६ गते विहान डोजर लगाएर संरचना भत्काएका थिए । 

    उक्त जग्गा सार्वजनिक जग्गा भएपनि व्यक्तिले हडप्ने हुँदा संरक्षण गर्ने भन्दै त्यहाँ शिवालयको मन्दिर निर्माण गरिएको थियो । सोही संरचनामा कात्तिक ६ गते बिहान सवा ६ बजे डेढ सय बढीको संख्यामा स्काभेटर लगेर पुगेको समूहले मन्दिरको संरचनामा डोजर चलाएको स्थानीयको भनाइ छ । देवीनगर चौरालीपथको पश्चितर्फ रहेको ‘सार्वजनिक जग्गा’लाई आफ्नो दावी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर लगाएको चौराली पथका अध्यक्ष लोकप्रसाद पंगेनीले बताए ।

    स्थानीयको सहयोगबाट निर्माण भएको मन्दिरमा डोजर लगाएर सरचना नष्ट गर्दा २० लाख बढीको क्षति भएको उनको भनाइ छ । अध्यक्ष पंगेनीका अनुसार लु १ ख ४३४२ नम्बरको जेसिबी ल्याएर मन्दिरको संरचनामाथि चलाइएको थियो ।

    स्थानीयको विरोधपछि बुटवल उपमहानगरपालिकाले उक्त जग्गामा घर बनाउन तत्कालका लागि रोक लगाएको छ । स्थानीयले उक्त जग्गा हडप्न नदिन र संरक्षण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत निवेदन दिएको स्थानीय रामलाल भुसालले जानकारी दिए ।

    यसअघिका जग्गाधनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरे ।

    भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरुले जग्गाको कित्ता नम्बर नै छुट्टिएकाले दाबी गर्न नमिल्ने उल्लेख गरे । सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलबासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासी डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्शुराम अर्यालले बताए ।

    दशैं मनाउन मानिसहरु गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाबिहानै मन्दिरको संरचना भत्काइएको उनले बताए ।

    दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहादुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चितर्फको जग्गा दावी गर्दै आएका छन् ।

    ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रंगशाला मार्गसँगै जोडिएको हुँदा आफूहरुको जग्गाको पश्चिम मोहडा भएको दावी गरे । उनले आफूहरुले घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास पनि प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि नहटाएपछि डोजर लगाउन बाध्य भएको उल्लेख गरे ।

    जग्गा विवादबारे बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुंगो लगाइने बताए । ‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नापजाँच सुरु गर्छ सोहीअनुसार कसको जग्गा कुन हो भन्ने टुंगो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ’–क्षेत्रीले भने । हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो ।

    सो स्थानमा स्थानीयले मन्दिर निर्माण गरी प्रतीक्षालय समेत बनाएका थिए । तर उक्त प्रतीक्षालयसहितका संरचना सोही जग्गासँग सीमा जोडिएका जग्गाधनीले महानवमीको दिन डोजर लगाएर भत्काएका थिए । जग्गाधनी बालकृष्ण विश्वकर्माका भिनाजु नाता पर्ने सुन्दर गहतराजले स्थानीयले सार्वजनिक दावी गरेको जग्गा बालकृष्णकै भएको र त्यसको यथेष्ट प्रमाण आफूहरुसँग सुरक्षित रहेको दावी गरे ।

    २०७७ फागुन ११ गते सर्वेक्षक त्रिदेव बुढाथोकी र अमिन अमृत खाम्चाले जग्गा नापजाँच गरी बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा प्रतिवेदन बुझाउँदै उक्त फिल्डमा जग्गा बढी भएको बताएका छन् ।

    371541718_225369473733579_2312285423876565592_n.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij