images
images

आइतवार, जेठ ६ गते २०८१

सियारी–४ मा सुविधासम्पन्न वडा कार्यालय बन्दै

सियारी–४ मा सुविधासम्पन्न वडा कार्यालय बन्दै

images
images
images
बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • सियारी–४ मा सुविधासम्पन्न वडा कार्यालय बन्दै

    भैरहवा, १६ कार्तिक । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ को नयाँ वडा कार्यालय बन्ने भएको छ । २०८१ वैशाख मसान्तभित्र सम्पन्न गरिसक्ने वडा कार्यालयको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले शिलान्यास गरेका छन् । 

    images
    images
    images

    १ करोड १७ लाख लागतमा निर्माण हुने भवन सुविधासम्पन्न र स्मार्ट वडा कार्यालय बन्ने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । 

    397883904_316544921121874_3047507575496764469_n.jpg

     

    कार्यालयभित्रबाट सम्पूर्ण प्रशाशनिक काम हुनुका साथै वडाअध्यक्षसहित वडा सदस्यहरुका लागि कक्षको व्यवस्थापन हुने गरी भवन निर्माण गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए । बजेटको सुनिश्चितता गरेर भवन निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष घिमिरेले उल्लेख गरे ।  

    उक्त कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने कार्यसँगै हुलाक सेवा पनि सुचारु हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । 

    भवन निर्माणको जिम्मा मिना निर्माण सेवाले पाएको छ । भवनलाई सम्झौता मिति भित्रै सक्ने गरी निर्देशन दिएको वडाअध्यक्ष श्रीराम यादवले जानकारी दिए । सियारी–४ मा अहिले स्वास्थ्य संस्थाको भवनबाट सेवा प्रभाव गर्दै आइएको यादवले जानकारी दिए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij