२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्छ : रवि लामिछाने 

बुधवार , कार्तिक १५, २०८०

  • 814
    Shares
  • 814
    Shares
  • काठमाडौं, १५ कार्तिक । रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताएका छन् । 

    बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताएका हुन् । उनले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताए ।

    उनले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई बिचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गरे ।