२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्छ : केपी ओली

बुधवार , कार्तिक १५, २०८०

  • 754
    Shares
  • 754
    Shares
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन् ।

    बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ ।

    उनले चाडपर्वका अवसरमा सवैमा शुभकामना व्यक्त गरे ।