images
images

आइतवार, जेठ ६ गते २०८१

बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधन हटाउन सुरु 

बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधन हटाउन सुरु 

images
images
images
बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधन हटाउन सुरु 

    भैरहवा, १५ कार्तिक ।
    नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी भारतीय नम्बर प्लेटको सवारीसाधन पार्किङ गरिएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर-पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटको यात्रुबाहक सवारीसाधनहरु अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए । 

    images
    images
    images

    अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहिया र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा मंगलबार (हिजो) देखि अव्यवस्थित रुपमा पार्किङ गरी राखिएका सवारीसाधन हटाउन सुरु गरिएको वडाअध्यक्ष पोखरेलले बताए । 

    ‘जथाभावी पार्किङ गरी सवारीसाधनमा यात्रु भर्ने कार्य भइरहेकोले सवारीसाधनको जाम लाग्दा दुर्घटना हुने सम्भावना भएको नागरिकको गुनासो रहेकोले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई हटाउन अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियालाई पत्र पठाइएको र हिजोदेखि हटाउने कार्य सुरु गरिएको हो, ’उनले भने ।

    WhatsApp Image 2023-11-01 at 1.58.36 PM.jpeg

    अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियाका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज सेनले भारतीय नम्बर प्लेटका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण दुर्घटना हुने सम्भावना बढेको वडा कार्यालय र स्थानीयबासीबाट गुनासो आएपछि ती सवारीसाधन हटाउन सुरु गरिएको बताए । उनले सीमा नाकामा दैनिक कम्तीमा ७–८ वटा भारतीय सवारीसाधन अव्यवस्थित रुपमा पार्किङ गरेर यात्रुहरु बोक्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएपछि हटाउन सुरु गरिएको बताए ।

    उनले भने, ‘यसअघि पनि अनावश्यक रुपमा पार्किङ नगर्न भारतीय सवारीसाधन (ट्याक्सी) लाई सम्झाईबुझाई गरिएको थियो । तर, अटेर गरेपछि हटाउन सुरु गरिएको छ । ’उनले यो कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    WhatsApp Image 2023-11-01 at 1.58.38 PM.jpeg

    सिद्धार्थनगर नगरपालिका–१ का प्रशान्त थापा क्षेत्रीले अनावश्यक रुपमा पार्किङ गरिएका भारतीय नम्बर प्लेटको सवारीसाधनका कारण नेपाली सवारीसाधन मर्कामा पर्ने गरेको बताए । उनले भने, ‘भन्सार सुविधा गराउने र यात्रु नपाउन्जेलसम्म अव्यवस्थित रुपमा पार्किङ गरेर सवारीसाधन राखिदा ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको छ । यसतर्फ नगरपालिका, वडा कार्यालय र ट्राफिक प्रहरीले ध्यान दिनु सराहनीय कार्य हो ।’

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij