images
images

आइतवार, जेठ ६ गते २०८१

गैंडहवा गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि इम्प्लान्ट तालिम सुरु

गैंडहवा गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि इम्प्लान्ट तालिम सुरु

images
images
images
बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • गैंडहवा गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि इम्प्लान्ट तालिम सुरु

    बुटवल, १५ कात्तिक । रुपन्देहीको गैडहवा गाउँपालिकाको आयोजनामा बुटवलमा स्वास्थ्यकर्मीहरुको लागि अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सम्बन्धी तालिम सुरु भएको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि इम्प्लान्ट तालिम सुरु भएको हो ।

    images
    images
    images

    कात्तिक २२ गतेसम्म चल्ने तालिममा परिवार नियोजनको अस्थायी साधन इम्प्लान्टबारे प्रशिक्षण दिइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । उनले गैंडहवा गाउँपालिकाले दुई ठाउँमा  भिडियो एक्सरे सेवा र बर्थिङ सेन्टर सञ्चालन गरेको र यो सुबिधा लाई थप्न लागेको पनि जानकारी दिए । 

    तालिमको एक समारोहका बीच लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदराज चौधरीले उदघाटन गरेका हुन् । त्यस अवसरमा बोल्दै उनले सरकारले राखेका उद्देश्य पूरा गर्नका लागि तालिम उपलव्धिमूलक हुने विश्वास व्यक्त गरे ।

    पाँच वर्षका लागि प्रयोग गरिने गर्भ निरोधक साधन ईम्प्लान्ट महिलाहरुको पाखुरामा राखिन्छ ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तालिममा सिकेका ज्ञान र सीपलाई सेवाग्राहीका लागि प्रयोगमा ल्याउन सके तालिमको सार्थकता रहने बताए । त्यस अवसरमा गैंडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले स्वास्थ्य लाई सधै प्राथमिकता राखेर काम गर्ने बताए , गैडहवा स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानको स्वागत मन्तव्य रहेको थियोे  ।

    तालिममा इम्प्लान्ट प्रयोग गर्न इच्छुक ग्राहकलाई कसरी परामर्श दिने, इम्प्लान्टले कसरी गर्भ रोक्छ र यसको विशेष कामबारे जानकारी दिइने बताइएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij