२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

राप्रपा सिद्धार्थनगर–१३ को अधिवेशन सम्पन्न

आइतवार , माघ १८, २०७७

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, १८ माघ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को भेला तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले शौरभ राज भण्डारीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पुनम गुरुङ, सचिवमा दिपा राज भण्डारी, कोषाध्यक्षमा सुन्तली खत्री, सह–सचिवमा सुमन गुरुङ र सह–कोषाध्यक्षमा सरस्वती धवल रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा निर्मला चन्द ठकुरी, डा. श्याम कुमार मिश्रा, सन बहादुर गुरुङ, नारायण गुरुङ, प्रसाद गुरुङ, कृष्णमान श्रेष्ठ, अर्जुन थापा (कालु) र गणेश खड्का रहेका छन् । त्यस्तै ३ सदस्यीय सल्लाहकार समितिमा आशा गुरुङ, पानुमाया गुरुङ र गर्बी पुन रहेका छन् ।

    राप्रपा रुपन्देहीका उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुमन राणा, जिल्ला उपाध्यक्ष कृष्ण भण्डारी, जिल्ला सदस्य बलराम शर्मा, चन्द्रभक्त श्रेष्ठ, नारायण सापकोटा, युवा नेता अर्जुन थापा, शंकर खत्री, विश्वप्रकाश श्रेष्ठ, विरेन्द्र ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।