२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

प्रिन्सिपल सर्राफको हत्याको विरोधमा मधेश प्रदेशका विद्यालयहरु बन्द

मंगलवार , कार्तिक १४, २०८०

बारा, १४ कार्तिक ।

मधेश प्रदेशका विद्यालयहरू मंगलबार (आज) बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेशका विद्यालयहरु बन्द हुन लागेका हुन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आब्हानमा मधेश प्रदेशका विद्यालयहरु एक दिनका लागि शोक विदा दिइएको हो ।

बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ । सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको सो विज्ञप्तीमा उल्लेख छ ।