२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कांग्रेस मायादेवी–८ द्वारा शुभकामना आदानप्रदान

सोमवार , कार्तिक १३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १३ कार्तिक । 
    नेपाली कांग्रेस मायादेवी गाउँपालिका वडा नम्बर ८, रुपन्देहीले शुभ दीपावली र छठपर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले चाडपर्वले पारिवारिक, सामाजिक र राष्ट्रिय एकताका निम्ति सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    कार्यक्रममा चाडपर्वको महत्वको बारेमा आ–आफ्ना भनाइ राख्दै कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

     कांग्रेस मायादेवी गाउँपालिका वडा नम्बर ८ का सभापति तिलबहादुर रायमाझीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा सचिव सन्देश रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरी, कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ्ग, सचिव एवं प्रवक्ता लेखनाथ भट्टराई, कांग्रेस मायादेवी गाउँपालिकाका सभापति पदम भण्डारी, प्रदेश महाधिवेशन प्रतिनिधि विशाल चौधरी, क्षेत्रीय प्रतिनिधि पशुपति न्यौपाने तथा नेताहरु विक्रम सुनार, दल बहादुर विक लगायतको आतिथ्यता रहेको थियो ।