images
images

आइतवार, जेठ ६ गते २०८१

लुम्बिनीमा सरसफाई अभियान सुरु

लुम्बिनीमा सरसफाई अभियान सुरु

images
images
images
सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • लुम्बिनीमा सरसफाई अभियान सुरु

    लुम्बिनी, १३ कार्तिक ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हराभरा नगर बनाउन सरसफाई अभियान सुरु गरिएको छ । नगरप्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजनसहित नगरपालिकाका, लुम्बिनी विकास कोष, युएनडिपी नेपाल तथा स्थानीय संघ–संस्थाको सहकार्यमा सोमबारदेखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।

    images
    images
    images

    सरसफाईको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० अन्तर्गत गेट नम्बर ४ र ५ सरसफाई गरिएको हो । प्रत्येक हप्ताको सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।

    सो अवसरमा बोल्दै नगरप्रमुख मुसलमानले नगरलाई स्वच्छ र हराभरा बनाउन चाहेको बताए । उनले फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै आफनो गाउँ, आफै सफा राखौँ भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्नेे उल्लेख गरे । फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागि प्रयास थालनी भइसकेको समेत बताउँदै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।

    आफूसँगसँगै टोल सफा राख्नु आजको आवश्यकता रहेको नगर उपप्रमुख कल्पना हरिजनले बताइन् । फोहोरले विभिन्न रोग निम्ताउने बताउँदै उपप्रमुख हरिजनले सरसफाईमा मानिस बढी संवेदनशील बन्नुपर्नेमा जोड दिइन् । नगरमा सरसफाई अभियान निरन्तर सञ्चालन हुने उनले बताइन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij