सोमवार , कार्तिक १३, २०८०
अर्घाखाँची, १३ कात्तिक । भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij