images

मंगलवार, बैशाख २५ गते २०८१

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक

images
images
images
सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक

    काठमाडौं, १३ कात्तिक । 
    काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिष्पर्धा भइरहेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ । 

    images
    images
    images

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले र्२–२ विकेट लिए । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।  
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij