images

मंगलवार, बैशाख २५ गते २०८१

प्रथम सिद्धार्थनगर स्नूकर च्याम्पियनसीप सुरु

प्रथम सिद्धार्थनगर स्नूकर च्याम्पियनसीप सुरु

images
images
images
आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • प्रथम सिद्धार्थनगर स्नूकर च्याम्पियनसीप सुरु

    भैरहवा, १२ कार्तिक ।
    रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा प्रथम सिद्धार्थनगर स्नूकर च्याम्पियनसीप प्रतियोगिता–२०८० सुरु भएको छ । मनकामना स्नूकर हाउसको आयोजनामा कार्तिक १० गतेदेखि उक्त प्रतियोगिता सुरु भएको हो । 

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य दिपेश प्रताप शाही (दीपु) ले स्नूकर खेलले अन्तर्राष्ट्रियस्तरमा समेत देशलाई चिनाउने काम गर्ने भएकोले यस्ता कार्यक्रमको महत्व रहेको बताए ।

    370064814_724931689684473_9154956721602937153_n.jpg

    कार्यक्रमका अध्यक्ष एवं रूपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले व्यवसायिक रूपमा स्नूकर खेललाई अघि बढाउनुपर्नेमा जोड दिए । 

    त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले आयोजक समितिले गरेको काम अत्यन्तै सहरानीय भएको बताए । उनले प्रतियोगिता सञ्चालनका लागि आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार, द्वितीय पुरस्कार रु. ३० हजार, हाई स्कोर रु. १० हजार, राईजिङ प्लेयर रु. ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका वासु प्रधानले जानकारी दिए ‌ । प्रतियोगिता करिब १ हप्तासम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij