२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

आज कोजाग्रत पूर्णिमा, वडादशैं समापन हुँदै

शनिवार , कार्तिक ११, २०८०

काठमाडौं, ११ कार्तिक । 
नेपालीहरुको महानपर्व वडादशैं आजबाट समापन हुँदैछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको वडादशैं कोजाग्रत पूर्णिमासँगै समापन हुन लागेको हो । नेपालीहरुले भव्य रुपमा मनाउने वडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन हुनेछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात वडादशैंलाई बिदा गर्ने चलन रहेको छ । वडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि रोकिनेछ ।