२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

मर्चवारीका रमन पाण्डेको निधनप्रति लुम्बिनीका गृहमन्त्रीद्वारा दुःख व्यक्त

शुक्रवार , कार्तिक १०, २०८०

भैरहवा, १० कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले रुपन्देहीको मर्चवारी गाउँपालिका–५ का २१ वर्षिय रमन कुमार पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । 

मन्त्री पाण्डेयले करेण्ट लागेर रमन कुमार पाण्डेको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

बिहीबार साँझ ६ः३० बजे डिजी नेटको तार मर्मत गर्ने क्रममा पाण्डेलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । डिजी नेटवर्ककै कर्मचारी समेत रहेका पाण्डे आफ्नै वडामा रहेको विद्युतीय पोलमा नेटको तार मर्मत गर्दै थिए ।

सोही क्रममा करेण्ट लागि घाइते पाण्डेलाई उपचारको लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।