
मंगलवार , कार्तिक ७, २०८०
भैरहवा, ७ कार्तिक ।
रुपन्देहीमा नदीमा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा ३ जना वेपत्ता भएका थिए । जसमध्ये २ जनाको शव फेला परेको छ।
कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सीमानाको रुपमा रहेको दुईमोहन नदीमा मूर्ति बिसर्जनको क्रममा मंगलबार दिउँसो २ बजे ३ जना उक्त नदीमा वेपत्ता भएका थिए । स्थानीय, सुरक्षाकर्मी र गोताखोरहरूबाट खोजतलास गरी दुईजनाको शव नदीबाट बाहिर निकालिएको छ ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ का २४ वर्षिय अजय कुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
सोही स्थानका २० वर्षीय सन्त कुमार राजभर वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले जानकारी दिए । सन्त कुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो नदीमा प्रत्येक वर्षको दशैमा दुर्गा मूर्ति तथा, तिहारमा लक्ष्मी मूर्ति बिसर्जन गरिदै आइएको छ । विगतका वर्षमा मूर्ति बिसर्जन गर्ने क्रममा विभिन्न व्यक्तिहरूको उक्त नदीमा डुबेर मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij