२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

पाल्पामा फेरी अर्को दुर्घटना : भ्यान दुर्घटनामा परेर पाँचजना घाइते

सोमवार , कार्तिक ६, २०८०

रूपन्देही, ६ कार्तिक ।
आइतबार स्कारपियो जीप दुर्घटना भएर ६ जनाको मृत्यु भएको पाल्पामा सोमबार भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान जिल्लाको रम्भा गाउँपालिका वडा नंम्बर ४ रानिबन रिगेरा घुम्तिस्थित आर्यभन्ज्याङ–रामपुर भित्री पक्की सडकखण्डमा बिरकोटबाट रमईडाँडातर्फ आउँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक पाल्पा रम्भा ४ रमईडाँडाका २३ वर्षीय कृष्ण सारु, सोही स्थानकै २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिल बहादुर कुवर मगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षीय सुरेश सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक सन्तोष चन्दले बताए । घाइतेमध्ये चालक सारुको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको प्रवक्ता चन्दले जानकारी दिए । भ्यान बाटोबाट करिब २ सय मिटर तल खसेको थियो । 

आइतबार साँझ नै पाल्पाको रानीमहल सडकखण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको थिए भने एकजना गम्भीर घाइते भएका छन् ।