२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

स्वास्थ्यको ख्याल गर्दै दशैं मनाउन एमाले रुपन्देहीका अध्यक्ष केसीको आग्रह

आइतवार , कार्तिक ५, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, ५ कात्तिक ।
    नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुप्रति शुभकामना व्यक्त गरेका छन् । 

    आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता रहेको उल्लेख गर्दै नागरिकबीचको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र ऐक्यबद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताएका छन् ।

    अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेकोले सहज रुपमा चाडपर्व मनाउने अवस्था नरहेको भन्दै सन्देशमा अध्यक्ष केसीले यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गरी दशैं पर्व मनाउन सबै नेपालीहरुमा अपील गरेका छन् ।