२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८.६ प्रतिशत

आइतवार , कार्तिक ५, २०८०

सुर्खेत, ५ कात्तिक । 
भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार कर्णालीको ३ लाख ६६ हजार ०३७ परिवार मध्य ३५.६ प्रतिशत परिवारले घर परिसरभित्र, बाहिर धारा जडान गरी पानी खाइरहेका छन् ।

४४.४ जनसंख्याले पाइपबाट घर परिसर बाहिर धाराको पानी खाइरहेको मन्त्रालयले जनाएको छ । ०४ प्रतिशत परिवारले ट्युवेलको पानी खाने गरेको समेत तथ्यांकमा उल्लेख छ । २.१ प्रतिशत नागरिकले इनारबाट, ०.१ ले जारको पानी, खुल्ला इनार र कुवाको पानी प्रयोग गर्ने घर धुरी संख्या २.५ प्रतिशत, २.१ प्रतिशतले खोलाको पानी प्रयोग गरिरहरको समेत योजना महाशाखा सिडिइ गोपाल शर्माले बताए । २०१९ को तथ्यांक अनुसार कर्णालीमा ३.५ प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

कुन जिल्लामा कतिले कस्तो पानी पिउँछन् ? 

सन् २०२१ को तथ्यांक अनुसार ३ लाख ६६ हजार ०३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको संख्या १ लाख ३० हजार ४६५ परिवार रहेको छ। धारा, पाइपमार्फत परिसर बाहिर १ लाख ६२ हजार ६१९ जनाले पानी खाइरहेका छन् । १ हजार ६३५ घरधुरीले ट्युबेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

राम्रोसँग ढाँकिएको कुवामार्फत पानी पिउने परिवारको संख्यामा ७ हजार ५७३ रहेको छ । ९ हजार २१० परिवारले खुल्ला रूपमा रहेको राम्रो कुवाको पानी खाने गरेको मन्त्रालयले जनाएको छ । ४८ हजार ६९९  जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ । ४ हजार २७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ । जार र बोतलमा पानी पिउनेको संख्या ४८० घरधुरी रहेको छ । त्यस्तै अन्यमा १ हजार ८० घरधुरी रहेको छ । 

डोल्पामा ९ हजार ३८० घरधुरीमा ३ हजार ११७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने, ४ हजार २५२ घरधुरीले घर बाहिर परिसरमा धारा बनाएर पानी खाइरहेको तथ्यांकमा उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुल्ला कुवाको पानी १९२ घरधुरी, १ हजार ४१३ घरधुरीलाई थोपा पानी, ३६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ । १२ हजार ४३० घरधुरी रहेको मुगुमा २ हजार १०४ घरधुरीले घर मित्र पानी खाइरहेका छन् भने घर बाहिरको धारामा ५ हजार ६७५ घरले पानी खाएको उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी ३ परिवारका र खुल्ला कुवाको पानी ४३ घरले, थोपा पानी ४ हजार २४३ घरधुरीले, ३५० घरले खोलाको पानी, जार बोतलको १, अन्य ११  परिबारले पानी प्रयोग गरिरहेको पाइएको छ । 

हुम्लामा ११ हजार २०४ घरधुरीमा २ हजार २२३ घरधुरीले घरभित्र पाइप मार्फत पानी प्रयोग गर्दछन् भने घर बाहिर परिसरमा ७ हजार १५७ घरले पानी प्रयोग गरिरहेका छन् । त्यस्तै २ घरले ट्युवेल, ढाकिएको कुवाको पानी २ घर, राम्रोसँग ढाकिएको कुवाको पानी ३, खुल्ला कुवाको पानी २०, थापाको पानी १ हजार ५५५, नदी र खोलाको पानी ८५ परिवार, १५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन् । जुम्लामा २४ हजार ४२२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको संख्य ९ हजार ८८६ रहेको छ । १० हजार ३३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुल्ला कुवाको पानी ४४ घरले पिउने गरेका छन् । थोपाको पानी ३८ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन् । नदी खोलाको २१४ घरले पानी पिउँछन् । अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विकले बताइन् ।

कालिकोटमा २६ हजार ७२० घरधुरीमध्ये ६ हजार २९३ घरधुरीले घर भित्र नै पानी पिउने गरेको छन् भने परिसर बाहिरका १३ हजार ५९५ घरधुरीले पानी प्रयोग गर्दछन् । टयुबवेलको पानी १ घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी २३७ घर, थोपाको पानी ६३६० घरधुरी, २२५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी १ घरले पिउने गरेका पाइएको छ । 

५४ हजार ५९४ घर भएको दैलेखमा १८ हजार ६७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार ८०३ घरधुरीले पानी प्रयोग गर्दछन् । ५३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी १२५४ घरघुरीले पानी पिउँछन् । ८ हजार ९३१ घरधुरीले थापाको पानी प्रयोग गरिरहेका छन्। नदी खोलाको पानी ३०० घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन् ।

जाजरकोटमा ३७ हजार ४५३ घरधुरीमध्ये १३ हजार १५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने घरको परिसर बाहिर १८ हजार ३१२ घर, बन्दकुवाको पानी ६४, खुल्ला कुवाको पानी ३८२, थोपा पानी ५०४४, ३५३ परिवारले खोलाको, २१ परिबारले जार, १२३ परिवारले बिभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । ३७ हजार २९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार १५७ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकोमा घर बाहिर परिसरमा १८ हजार ९८६ परिवार रहेका छन् । १९ ढाकिएको कुवामा र २९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ ।  त्यस्तै २ हजार ६०८ परिवारले थोपाको पानी र १९५ परिवारले खोलाको पानी, जारको पानी ८ परिवार र अन्य १८ परिवारले बिभिन्न स्रोतबाट पानी पिउने गरेका छन् ।

५४ हजार ६७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको संख्या २० हजार २८ रहेकोमा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको संख्या २६ हजार ५० रहेको छ । त्यस्तै ६९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी १ हजार ६९७ परिवार, थोपा पानी ५ हजार ३८८ परिवार रहेको छ । ७२३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको संख्या ८२ रहेको छ ।

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार ८२२ घरधुरी रहेकोमा घरभित्र पानी पिउनेको संख्या ३९ हजार ७७० रहेकोमा घर बाहिर परिसरमा पानी प्रयोग गर्नेको संख्या ३३ हजार ७६० रहेको छ । त्यस्तै १ हजार ६३२ परिवारले टयुववेलको पानी प्रयोग गर्दछन् । ६ हजार १८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट ५ हजार ८२ घर, ९ हजार २८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको संख्या १ हजार ४६८ परिवार, ४२२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको संख्या ५२५ रहेको छ ।