images

बुधवार, बैशाख १९ गते २०८१

सिद्धार्थनगर–१२ मा फुटसल प्रतियोगिता : अमरज्योतिले जित्यो उपाधि 

सिद्धार्थनगर–१२ मा फुटसल प्रतियोगिता : अमरज्योतिले जित्यो उपाधि 

images
images
images
शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • सिद्धार्थनगर–१२ मा फुटसल प्रतियोगिता : अमरज्योतिले जित्यो उपाधि 

    भैरहवा, ४ कार्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको प्रथम वडा कप फुटसल प्रतियोगिताको उपाधी अमरज्योती क्लबले जितेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को कार्यालयको आयोजनामा सम्पन्न प्रथम वडा कप फुटसल प्रतियोगितामा ७ वटा टीमको सहभागीता रहेको थियो । जसमध्ये अमरज्योती क्लब र कालिका क्लबबीच भएको फाइनल खेलमा अमरज्योतीले कालिकालाई ८–५ को गोल अन्तरले पराजित गर्न सफल भयो । 

    images
    images
    images

    प्रतियोगितामा विजेता अमरज्योतीले ट्रफी, नगद रु. २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का सदस्य एवं प्रतियोगिता संयोजक समिर थापाले बताए । त्यस्तै प्रतियोगिताको उपविजेता कालिकाले ट्रफी,, नगद रु. १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यसैबीच वडा नम्बरको १२ को कार्यालयले फुटसल प्रतियोगिताको साथै विजय दशमीको अवसरमा शुभकामना आदानप्रदान प्रदान समेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले दशैंको अवसरमा आफ्नो वडाबासीलाई लक्षित गरी आयोजना गरिएको फुटसल प्रतियोगिताको प्रशंसा गरे । 

    उनले स–सानो खेल प्रतियोगितामै सहभागी भएर टोलको खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सक्ने र सोहीको आधारमा भविष्यमा उक्त खेलाडीले वडा, नगर र मुलुकको नाम विश्वमा चिनाउन सफल हुने बताए । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले वडाबासीमा लुकेको प्रतिभालाई बाहिर ल्याउनका लागि र खेलमा थप अग्रसर बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि खेलमा रहेर वडा कप आयोजना गरिने भन्दै सम्पूर्णलाई विजया दशमीको शुभकामना दिए ।

    त्यस्तै सिद्धार्थ सामूदायिक सेवा समाज ५, १२, १३ का अध्यक्ष गोविन्द प्रसाद बस्याल, अमरज्योति क्लबका प्रशिक्षक गोविन्द गुरुङ, कालिका क्लबका क्याप्टेन सन्देश केसी, अनिल सेन्चुरी लगायतले वडा नम्बर १२ को कार्यालयले वडाबासी/युवाहरुका लागि खेल प्रतियोगिता आयोजना गरेको प्रशंसा गर्दै युवाहरुमा अपनत्वको पनि विकास गरेको बताए । 

    अनिता शिर्पालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १२ को वडा सदस्य सीता कुमारी विक, सुशील कुंवर, उमाशंकर यादव, सरस्वती दाहाल लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij