२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

दशैंमा बर्दिवास खानेपानी संस्थानको उपहार निःशुल्क खानेपानी

शनिवार , कार्तिक ४, २०८०

महोत्तरी, ४ कात्तिक । 
बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।
चाडपर्वको अवसर पारेर महिनाभरी निःशुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।

उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी निःशुल्क प्रदान गरेर  फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।

कात्तिक ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने गरी त्यस्को व्यवस्थापन मिलाइएको छ । दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरी निःशुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए ।

निःशुल्क पानी पाइयो भन्दैमा त्यसको दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ ।