२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

सचिव यादवको कारवाही फुकुवा भएपछि जनमतका कार्यकर्ताले भने–सत्यकै जीत हुन्छ

शुक्रवार , कार्तिक ३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३ कार्तिक ।
    जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको कारवाही फिर्ता गरिएको छ । उनलाई पार्टीको केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको थियो ।

    पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख ई. दीपक कुमार शाहले भने, ‘अनुशासनमा सुधार देखिएकाले कार्तिक ३ गतेदेखि नेता यादव आफ्ना काम वा पदमा फर्किन सक्नुहुनेछ ।’ 

    रुपन्देही निवासी नेता यादवलाई जनमत पार्टीले गत साउन ३ गतदेखि पार्टीको केन्द्रीय सचिवालयबाट निलम्बन गरेको थियो । 

    उनको कारवाही फुकुवा भएपछि नेता कार्यकर्ताहरु उत्साहित भएका छन् । उनीहरुले सामाजिक संजाल फेसबुकमा सत्यकै जीत हुन्छ भन्दै पार्टीका केन्द्रीय नेतृत्वलाई धन्यवाद समेत दिएका छन् ।

    पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रामकेश गुप्ताले फेसबुकमा लेखेका छन्, ‘तीन महिना अगाडी आदरणीय नेता श्री भोपेन्द्र प्रसाद यादवज्यूलाई पार्टीबाट कारवाही गरिएको र आज कारवाही फिर्ता गरेकोमा, जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सि.के.राउत ज्यु, केन्द्रीय अनुशासन समिति प्रमुख (जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष) ई. दिपक कुमार साह लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यगण, नेता तथा कार्यकर्तागण, शुभचिन्तक, समर्थक आम सर्वसाधारण जनसमुदायमा म जनमत पार्टीको केन्द्रीय कार्यकारणी सदस्य रामकेश गुप्ताको तर्फबाट आभारसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

    नेता यादवले आफ्नो कारवाही फुकुवा भएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतलगायत केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिएका छन् ।

    उनी २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।