
आइतवार , माघ १८, २०७७
काठमाडौं। काठमाडौंमा बर्डफ्लु देखिएको छ। काठमाण्डौको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलास्थित एक फार्ममा टर्की चरामा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएको छ।
टर्की फार्ममा बर्डफ्लू दखिएपछि दुई हजार ५ सय ४४ वटा हाँस, खुकुरा, बट्टाई र टर्की चरा नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ।
फार्ममा बर्डफ्लू पुष्टि भएपछि १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अहिले उक्त फार्मलाई शिल गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको बिभागले जनाएइको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij