२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

वडादशैंको दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

शुक्रवार , कार्तिक ३, २०८०

काठमाडौं, ३ कार्तिक । 
राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । शीतल निवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन् ।

त्यसै गरी राष्ट्रपतिबाट  निजामति, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन् । टीका ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ ।

newskarkahna-news587020..jpg