images

बुधवार, बैशाख १९ गते २०८१

ढाक्रेले जित्यो प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता–२०८० को उपाधि 

ढाक्रेले जित्यो प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता–२०८० को उपाधि 

images
images
images
बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • ढाक्रेले जित्यो प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता–२०८० को उपाधि 

    भैरहवा, २ कार्तिक । 
    सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता–२०८० को उपाधि ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवारले जितेको छ । मंगलारदेखि सञ्चालित प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाइनल खेलमा तमु समाज टीमलाई १–० गोलले पराजित गर्दै ढाक्रेले उपाधि जितेको हो । उपाधिसँगै ढाक्रे खसी, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ ।

    images
    images
    images
    game.jpg

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उत्तरतर्फ रहेको प्रांगणमा भएको प्रतियोगितामा ७ वटा टीमको सहभागीता रहेको थियो ।

    फाइनल खेलको दोस्रो हाफमा ढाक्रेका खेलाडी यसिम गुरुङले पहिलो गोल गरे । गुरुङको गोल नै निर्णयक हुँदै प्रतियोगिताको उपाधि ढाक्रेले पाएको प्रतियोगिताका संयोजक तथा सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.ले बताए ।

    प्रतियोगिताको उपविजेताको रुपमा तमु समाज र उत्कृष्ट खेलाडीको रुपमा तमु समाजकै खेलाडी सामर्थ गुरुङ नगद रु. १ हजार १ सयसहित पुरस्कृत भए ।

    विजयी खेलाडीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारी, सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्य हरि बहादुर के.सी.,सईद अहमद धुनिया, फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङलगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । 

    फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारी अधिकारीले तीन दिनसम्म सौहादपूर्ण वातावरणमा खेलकुद प्रतियोगिता सम्पन्न भएको र चाडपर्वको मुखमा गरिएको कार्यक्रमले आत्मीयता बढाउने काम गरेको बताए । उनले खेलमा हार जीत स्वभाविक रहेकोले यो खेलबाट मित्रता र आत्मियता बढेको बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले आगामी दिनमा अझ ठूलो प्रतियोगिता सञ्चालन गरिने बताए । उनले वडामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि राम्रो खेलमैदानको आवश्यकता रहेकोमा जोड दिए । उनले भने, ‘विकास हुनुपर्छ तर, वडाबासीको विकास पनि आवश्यक छ ।’ वडाअध्यक्ष यादवले खेलकुद क्षेत्रमा राजनीति नगर्न अनुरोध गर्दै वडास्तरबाट नै धेरै विधाका खेल प्रतियोगिताहरु आफ्नो कार्यकालमा आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफू निष्पक्ष रुपमा अघि बढ्ने बताए ।

    समाजसेवी अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतियोगितामा फूलबारी सेवा समाज, हरेकृष्ण क्लब, ढाक्रे क्लब, ढाक्रे जुनियर क्लब, दुर्गा शिव तथा कृष्ण मन्दिर क्लब, कचरिहवा क्लब र तमु समाजको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij