२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्री पाण्डेयको निर्देशन

बिहिवार , कार्तिक २, २०८०

भैरहवा, २ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले चाडपर्वको समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा निकाय र स्थानीय प्रशासनलगायतलाई निर्देशन दिएका छन् । उनले सुरक्षित वातावरणमा हर्षोउल्लासका साथ पर्व मनाउने व्यवस्था गर्नका लागि निर्देशन दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विजया दशमी, शुभ–दीपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण प्रदेशवासी तथा देशवासीमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।