२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

बुधवार , कार्तिक १, २०८०

  • 940
    Shares
  • 940
    Shares
  • विराटनगर, १ काात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । 

    बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको  हो । 

    ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो ।

    राप्रपाका एक सांसद अनुपस्थित रहे ।