२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

स्व.ओमकार गौचनको ४५ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा

बुधवार , कार्तिक १, २०८०

भैरहवा, १ कार्तिक ।
भैरहवाका प्रतिष्ठित समाजसेवी तथा भैरहवा मर्निङ्ग वाक ग्रुपका अध्यक्ष स्वर्गीय ओमकार गौचनको ४५ दिनको पुण्यतिथिमा सिद्धार्थनगर नगरपालिका–६ स्थित नेवा खल सिद्धार्थनगरमा श्रद्धाञ्जली सभा गरिएको छ । भैरहवा मर्निङ्ग वाक ग्रुप (बी.एम.जी.) ले मंगलबार श्रद्धाञ्जली सभा गरेको हो ।

स्वर्गीय गौचन नेवाः खलमा प्रमुख वक्ताको रुपमा कार्यक्रममा सहभागी भएकै दिन स्वास्थ्यमा समस्या देखा परेको र समस्याका कारण काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । निधन अघिको अन्तिम कार्यक्रम स्थलमा आयोजित श्रद्धाञ्जली सभामा स्वर्गीय गौचनका श्रीमती, छोरा छोरीसहित यस क्षेत्रका समाजसेवी तथा नागरिक अगुवाहरुको उपस्थिति थियो ।

सो अवसरमा स्वर्गीय गौचनको जीवनी र उनले गरेका संघर्षबारे चर्चा गर्दै उद्योग व्यापार, राष्ट्र, राष्ट्रियता र समाजसेवाको क्षेत्रमा गौचनको योगदानबारे प्रकाश पारिएको थियो । वक्ताहरुले स्वर्गीय गौचनको यस क्षेत्रमा सधै अभाव भइरहने भन्दै उहाँले देखाएको समाजसेवाको बाटो समात्न सक्नुपर्नेमा जोड दिए ।

IMG_1876.JPG

कार्यक्रममा भैरहवा मर्निङ्ग वाक ग्रुपका कार्यवाहक अध्यक्ष बाबुराम केसी, ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय गोविन्द श्रेष्ठ, वनमाली निराकार, नेवा खलका राजुनारायण श्रेष्ठलगायतले स्व.गौचनको योगदानका बारेमा चर्चा गरेका थिए।

IMG_1871.JPG

वि.सं. २००० सालमा मुस्ताङमा जन्मिएका गौचन १३ वर्षको उमेरमा पैदल हिडेर भैरहवा आएका थिए । विद्यालय अभावमा प्राथमिक तहको शिक्षा प्राप्त गौचनले सोही कारणले परिवार भैरहवामा सारेका थिए । उनले भैरहवास्थित बैंकरोडमा न्यू गौचन फैन्सी स्टोर्स नामक कपडा पसल सञ्चालन गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका गौचन विभिन्न संघ संस्थामा क्रियाशील थिए । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।