२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

प्रथम टिकटक लाइभ खुल्ला गुरुङ नृत्य प्रतियोगिता हुने

मंगलवार , आश्विन ३०, २०८०

रुपन्देही, ३० असोज ।
‘तमु क्येए पोँले ,प्ये ताँ ल्हु ताँ ल्वोले’ अर्थात ‘गुरुङ भाषा बोलौ, संस्कार, संस्कृति सिकौं’ भन्ने मूल नाराका साथ सामाजिक संजाल (@gurungbabita7) टिकटक आइडी ग्रुपबाट प्रथम टिकटक लाइभ खुल्ला एकल तथा युगल नृत्य प्रतियोगिता भर्चुअल रुपमा आयोजना गरिने भएको छ ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुले मौलिक गुरुङ पहिरनमा गुरुङ भाषाका गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने कार्यक्रम संयोजक बबिता गुरुङले दिइन् ।

प्रतियोगितामा क्रमश प्रथम हुनेले नगद रु. १५ हजार र प्रमाणपत्र, द्वितीय हुनेले नगद रु. १० हजार र प्रमाणपत्र, तृतीय हुनेले नगद रु. ५ हजार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । त्यसै गरी प्रोत्साहन स्वरुप सान्त्वना २ जना प्रतियोगीले रु.२/२ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आगामी कार्तिक १८ गते शनिबार दिउँको ४ बजेदेखि @gurungbabita7 सुरु हुने गुरुङ नृत्य प्रतियोगितामा १५ वर्षभन्दा माथिका उमेर भएका व्यक्तिले भाग लिन सक्नेछन् ।

कार्यक्रममा गुरुङ गायक गायिकाहरुको पनि सांगीतिक प्रस्तुति रहने कार्यक्रम सह–संयोजक कृष्ण गुरुङले जानकारी दिए । भाषा संस्कार, संस्कृतिको  संरक्षण गर्न लागि यो ग्रुपले यसअघि पनि गुरुङ भेषभुषा प्रतियोगिता सम्पन्न गरिसकेको छ ।