images

बुधवार, बैशाख १९ गते २०८१

चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

images
images
images
मंगलवार, आश्विन ३० २०८०
मंगलवार, आश्विन ३० २०८०
  • चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो

    बुटवल, ३० असोज ।

    images

    चलचित्र गुल्मेली दाइको मणिग्राममा च्यारिटी सो गरिएको छ । मंगलबार तिलोत्तमास्थित मणिग्राम ४ नम्बरमा चलचित्र देखाइएको हो । बिहान र दिउँसो गरी दुईपटक देखाइएको चलचित्र गुल्मेली दाई हेर्न स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

    गुल्मेली दाइ हेरेपछि उपस्थित दर्शकहरुले चलचित्र सामाजिक कथामा उनेर बनाइएकाले राम्रो रहेको प्रतिक्रिया दिए । केशब गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र गुल्मेली दाइमा स्वयं केशब गुरुङ, अनुता गुरुङ, उषा फौजामगर, खिम रेस्मीमगर लगायतको मूख्य अभिनय रहेको छ । तिलक गाहामगरले निर्माण गरेको चलचित्र गुल्मेली दाइको छायांकन गुल्मी जिल्लाको जुभुङ, दह लगायतका विभिन्न रमणीय ठाउँहरुमा गरिएको निर्देशक केशब गुरुङले जानकारी दिए ।

    चलचित्रमा अश्रिम गुरुङको संगीत रहेको छ भने नृत्य निर्देशन गोविन्द राई र प्रेम गुरुङले गरेका छन् । मनिराज गुरुङको पटकथामा बनेको चलचित्रमा करन तुलाधरले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको छायांकन तथा सम्पादन भने मनिष पन्थले गरेका छन् । यसअघि गुल्मीका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्र गुल्मेली दाइ दर्शकहरुद्वारा अत्यधिक रुचाइएको निर्माण पक्षको दावी छ । चलचित्रमा सामाजिक परिवेश र पहाडी गाउँका कथा र सामग्रीहरु कलात्मक ढंगले पस्किएकाले मनाोरञ्जन र सन्देशको खुराक रहेको उनीहरुको भनाइ छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij