२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

विश्वले नै नेपाल प्रहरीलाई उच्च सम्मान गरेको छ : गृहमन्त्री पाण्डेय

मंगलवार , आश्विन ३०, २०८०

भैरहवा, ३० असोज ।
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विश्वले नै नेपाल प्रहरीलाई उच्च सम्मान गरेको बताएका छन् । उनले नेपालमा मात्र नभइ विश्वका विभिन्न राष्ट्रहरुमा नेपाल प्रहरीले खेलेको भूमिका र शान्ति सुरक्षा कायम गर्न सफल भइ इतिहास बनाउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरे ।

६८ औं प्रहरी दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले मंगलबार रुपन्देहीको बुटवलमा आयोजना गरेको समारोहमा बोल्दै गृहमन्त्री पाण्डेयले नेपाल प्रहरीले लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरेर काम गरेको बताए । उनले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सफल भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले भने, ‘भगवान गौतमबुद्धको पवित्र भूमिमा म भन्न चाहन्छु–नेपालगंजमा माननीय मुख्यमन्त्रीज्यूको आदेशमा म नेपालगंज पुगेको थिए । नेपाल प्रहरीका डीआईजीसाहबले नेतृत्व लिएर कम समयमै द्वन्द्वको समाधान गर्नुभयो । उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लुम्बिनी प्रदेश सरकार प्रहरीको लागि आफ्नो दायित्व निर्वाह गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।