images

बुधवार, बैशाख १९ गते २०८१

सिद्धार्थनगर–४ मा प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता सुरु

सिद्धार्थनगर–४ मा प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता सुरु

images
images
images
मंगलवार, आश्विन ३० २०८०
मंगलवार, आश्विन ३० २०८०
  • सिद्धार्थनगर–४ मा प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता सुरु

    भैरहवा, ३० असोज ।
    सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा मंगलबारदेखि प्रथम वडा प्रमुख फुटबल प्रतियोगिता–२०८० सुरु भएको छ ।

    images
    images
    images

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उत्तरतर्फ रहेको प्रांगणमा सुरु भएको प्रतियोगितामा ७ वटा टीमको सहभागीता रहेको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । प्रतियोगिता कार्तिक २ गतेसम्म सञ्चालन हुने वडाअध्यक्ष यादवले जानकारी दिए । उनले खेलकुद क्षेत्रको विकासका निम्ति लागिपरेकाले आफू वडाअध्यक्ष रहुञ्जेलसम्म यो प्रतियोगितालाई निरन्तरता दिने बताए । 

    IMG_1790.JPG

    प्रतियोगिताको उद्घाटन गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले खेलकुद प्रतियोगिता आयोजना गर्नु सराहनीय कार्य भएको बताए । उनले चाडपर्वको मुखमा आयोजना गरिएको यो प्रतियोगिताले राम्रो सन्देश दिने बताए । उनले खेलकुद क्षेत्र जस्तै हरेक ठाउँमा अनुशासितत भएर काम गरे समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले स्थानीय सरकारको बजेटको दायरा सीमित भएकाले साना–साना कार्यलाई अगाडि बढाउनुपर्ने बताए । उनले ठूला–ठूला योजना प्रदेश/संघीय सरकारले सम्बोधन गर्ने र स्थानीय सरकारले साना–साना योजना सम्बोधन गर्ने बताए । उनले नाला, सडक बनाउनु मात्र विकास नभएकाले खेलकुद लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटन गर्नुका साथै खेलाडीलाई प्रोत्साहित गर्ने बताए ।

    समाजसेवी अर्जुन गुरुङको सञ्चालनमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.लगायतले बोलेका थिए ।

    IMG_1828.JPG

    प्रतियोगितामा फूलबारी सेवा समाज, हरेकृष्ण क्लब, ढाक्रे क्लब, ढाक्रे जुनियर क्लब, दुर्गा शिव तथा कृष्ण मन्दिर क्लब, कचरिहवा क्लब र तमु समाजको सहभागीता रहेको आयोजकले जनाएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो खेल फूलबारी सेवा समाज, हरेकृष्ण क्लबबीच भइरहेको छ ।

    IMG_1858.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij