२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

धनगढी पुगेर प्रचण्डले भने– कांग्रेस पार्टी हो कि मोर्चा ?

सोमवार , आश्विन २९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २९ असोज ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर बुझ्न नसकिएको बताएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसबारे प्रष्ट हुन नसकेको टिप्पणी गरे ।

    उनले नेकपा एमालेभित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए । ‘पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,’ उनले भने । यसका साथै उनले भ्रष्टाचारका सबै फाइल मिलाएर खोलिरहेको दावीसमेत गरेका छन् ।