सोमवार , आश्विन २९, २०८०
न्युयाेर्क, २९ असाेज । गाजा अन्तर्गत असंख्य सुरुङहरू इजिप्टबाट सामानहरू तस्करी गर्न र इजरायलमा आक्रमण गर्न प्रयोग हुने बाटोको रूपमा चिनिन्छन्।
तर त्यहाँ दोस्रो भूमिगत नेटवर्क छ, जसलाई इजरायल रक्षा बलहरूले बोलचालमा ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्दछ। यो सुरुङहरूको एक विशाल भूलभुलैया हो, केही त धेरै किलोमिटर भूमिगत रहेको छ, जसबाट मानिसहरू र सामानहरू ढुवानी गर्न प्रयोग गर्ने गरिन्छ ।रकेट र गोला बारुद भण्डार गर्न प्रयोग हुने यी सुरुङवाट हमासले कमाण्ड र कन्ट्रोल सेन्टरसमेत बनाएको छ, जो लडाकु विमान र निगरानी ड्रोनले समेत भेटाउन सक्दैनन्, साँच्चै ती सुरुङहरु चकित पार्ने खालका छन ।
सन २०२१ मा हमासले गाजा अन्तर्गत ५०० किलोमिटर सुरुङ निर्माण गरेको दावी गरेको थियो, यद्यपि यो स्पष्ट छैन कि त्यो आंकडा सही वा वनाबटी मात्रै हो ? यदि यो साँचो हो भने हमासको भूमिगत सुरुङहरू न्यूयोर्क शहर सब वे प्रणालीको आधा लम्बाइ भन्दा अलि कम रहेको छ ।इजरायलको रेचम्यान युनिभर्सिटीका प्रोफेसर र भूमिगत युद्धका विशेषज्ञ डाफ्ने रिचमन्ड बाराकले भने, ‘यो धेरै जटिल, धेरै ठूलो र ठूलो क्षेत्रको सानो टुक्रामा सुरुङहरूको नेटवर्क हो।’
यो अझै अस्पष्ट छ कि टनेल नेटवर्कले तटीय पट्टीमा शासन गर्ने हमासले कति खर्च गर्यो ? यो संख्या जनशक्ति र पुँजी दुवैको हिसाबले महत्त्वपूर्ण मानिएकाे छ ।विज्ञहरू भन्छन् कि आधारभूत उपकरणहरू प्रयोग गरेर सम्भवतः गहिरो भूमिगत नेटवर्क खनिएकाे छ । जसलाई बिजुलीको तार र कंक्रीटले बलियो बनाइएको छ । इजरायलले लामो समयदेखि हमासलाई नागरिक र मानवीय उद्देश्यका लागि पाएकाे आर्थिक सहयाेग कंक्रीटकाे सुरुङ निर्माणमा खर्चेकाे आरोप लगाउँदै आएको छ ।गाजा अहिले इजरायलद्वारा भूमि, समुद्री र हवाई नाकाबन्दी अन्तर्गत रहेको छ । तर, उसलाइ सुरूङले समस्या पारिरहेकाे छ, जसका कारण उ लक्षित उदेश्यमा पुग्न सकिरहेकाे छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij