२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

गठबन्धनलाई उल्ट्याउने षडयन्त्र निस्तेज पार्‍यौ : प्रधानमन्त्री प्रचण्ड

आइतवार , आश्विन २८, २०८०

  • 706
    Shares
  • 706
    Shares
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।

    आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताएका हुन् ।

    उनले अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइदैन की भनेर एकथरी बिक्षिप्त भएको जिकिर गरे । कोशीमा गठबन्धनलाइ नै बिभाजन गर्ने कोशीस निस्तेज पारिएकाले अव गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।

    वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । उहाँले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

    प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभइ नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनले जानकारी दिए ।