images
images

बुधवार, जेठ २ गते २०८१

‘साहित्यिक संस्थाहरुमा गौतमबुद्धको माटोप्रतिको चिन्ता छ’ 

‘साहित्यिक संस्थाहरुमा गौतमबुद्धको माटोप्रतिको चिन्ता छ’ 

images
images
images
शनिवार, माघ १७ २०७७
शनिवार, माघ १७ २०७७
  • ‘साहित्यिक संस्थाहरुमा गौतमबुद्धको माटोप्रतिको चिन्ता छ’ 

    भैरहवा, १७ माघ । 
    सिजर्नशील साहित्यिक समाज (सिसास)रूपन्देहीको १७ औं वार्षिकोत्सव समारोह–२०७७ भैरहवामा सम्पन्न भएको छ । 
    पुरस्कार समर्पण, स्रष्टा सम्मान, माटो कविता संग्रह लोकापर्ण एवम् साहित्यिक गोष्ठी कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै प्राज्ञ परिषद सदस्य डा.देवी नेपालले भर्खरको युवा सिसासले साहित्यिक कार्यमा नयाँ इतिहास रचेको बताए । २०६० सालमा जन्मिएको सिसासले अग्रजलाई सम्मान तथा पुरस्कार गर्नु र माटो कवितामा माटोप्रतिको चिन्तनले मानिसले जिउँदै काम गर्नुपर्ने सन्देश दिएको बताए । शशि पन्थीको माटो कविता संग्रहमा माटो प्रति र देशप्रतिको चिन्ता रहेको नेपालले बताए । 

    images
    images
    images

    विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले साहित्यिक संस्थाहरुले साहित्यको क्षेत्रमा मात्रै काम नगरी सामाजिक क्षेत्रमा समेत काम गर्नुपर्ने बताए । साहित्यिक क्षेत्रमा ६० प्रतिशत काम गरेपनि सामाजिक क्षेत्रमा ४० प्रतिशत गर्नुपर्ने नगरप्रमुखको अधिकारीको भनाइ छ । 

    अर्का विशिष्ट अतिथि प्राज्ञ बूँद रानाले सिसाले साहित्यिक क्षेत्रमा उल्लेख्य काम गरिसकेको बताए । सिद्धार्थनगरमा सिसासले स्रष्टा सम्मान नियमित संगम गरि साहित्यिक श्रीबृद्धिमा राम्रो कार्य गरेको उनले बताए । 

    विशिष्ट अतिथि बालकृष्ण भट्टराईले सिसासले स्रष्टा सम्मान र पुरस्कार अर्पण अग्रज स्रष्टाहरु र नवोदित स्रष्टाहरुलाई गरी प्रशंसनीय काम गरेको बताए । कवि विजय सागरले माटो कविता संग्रहमा युवा कवि शशि पन्थीमा माटोप्रतिको चिन्ता देखिएको बताए । 

    सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले माटो कविताको समीक्षा गर्दै सामान्य त्रुटीहरु भए पनि माटो कविता संग्रमा कविको देश र माटोको चिन्ता प्रष्ट देखिएको बताए । 

    सिर्जनशील साहित्यिक समाज (सिसास)का अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रमा सिसासले सिर्जनशील स्रष्टा सम्मान २०७७ बाट कविता देवकोटा रिजाल,  सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कार २०७७ बाट प्रा.डा. हिरण्यलाल ज्ञवालीलाई नगद रु १५ हजार ५ सय ५५ सहित पुरस्कार, सिर्जनशील गङ्गा साहित्यिक पुरस्कार २०७७ बाट डा. दामोदर ढकाललाई ११ हजार १ राशीको पुरस्कार, सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कार २०७७ बाट डा. ज्ञानदेव हटुवाल ५ हजार ५ सय ५५ राशीबाट पुरस्कृत भएको सिर्जनशील साहित्यिक समाज सिसासका कार्यक्रम संयोजक धन बहादुर गहतराजले बताए । 

    सिर्जनशील छविलाल साहित्यिक पुरस्कार २०७७ बाट २ हजार १ सय राशी र ताम्रपत्रबाट खगेन्द्रप्रसाद बस्याल, सिर्जनशील स्रष्टा सम्मान २०७६ बाट पूर्व अध्यक्ष तेजप्रसाद पन्थ, सिर्जनशील काशी प्रतिभा पुरस्कार २०७७ बाट सिद्धार्थनगरमा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुबाट लिलाराम न्यौपाने मावि कक्षा ८ मा अध्ययनरत माधवी भट्टराई सम्मानित तथा पुरस्कृत भएको सिसासका अध्यक्ष शशि पन्थीले बताए । 

    सम्मानित स्रष्टाहरुको परिचयः वरिष्ठ कवि बालकृष्ण भट्टराई, पूर्व अध्यक्ष तथा सल्लाहकार सुरज घिमिरे दीपशिखा, पूर्व अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी, पूर्व अध्यक्ष तथा सल्लाहकार सुवास रिजाल यात्री, पूर्व अध्यक्ष छविलाल न्यौपानेले गरेको र छन्दवादी समाज नेपालका अध्यक्ष कविराज पौडेल, युगीन साहित्यिक समाज देवदहका अध्यक्ष सुशिल सापकोटाको आतिथ्यता रहेको थियो । 

    श्री फाइनान्स साहित्यिक पुरस्कारका संस्थापक श्री इन्भेष्टमेन्ट एण्ड फाइन्नास कम्पनी लि.का नायब प्रमुख खिमबहादुर कार्की, सिर्जनशील छविलाल साहित्यिक पुरस्कारका संस्थापक कमला भण्डारीले शुभकामना मन्तव्य दिएका थिए । 

    कार्यक्रममा पुरस्कार संस्थापकहरु ओम जैसी, मोती प्रसाद शर्मा, इरावति प्रकाशनका प्रबन्ध निर्देशक आनन्द तिवारी, स्रष्टाहरु वनमाली निराकार, गिरी श्रीस, सुन्दर बासी, यज्ञ प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।  

    संस्थाका उपाध्यक्ष कमल पाोख्रेलको स्वागत मन्तव्य र सचिव अनुराधा ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सिसासका सह–सचिव विष्णुप्रसाद गजुरेलले बताए ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij