२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

यसवर्ष १० वटा विमान किन्छौँ : मन्त्री किराँती

आइतवार , आश्विन २८, २०८०

  • 976
    Shares
  • 976
    Shares
  • काठमाडौं, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसवर्ष १० वटा विमान खरिद गर्ने बताएका छन् ।

    आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले  चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् ।

    नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दशैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।