२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सामूहिक विद्यालय परिवार अब डिजिटल प्रविधिमा

शुक्रवार , माघ १६, २०७७

भैरहवा, १६ माघ ।

निजी विद्यालयहरुको संस्था सामूहिक विद्यालय परिवार अबदेखि डिजिटल प्रविधिमा पनि देखिने भएको छ । रुपन्देहीका विभिन्न विद्यालयहरु आबद्ध उक्त संस्थाका सदस्यहरुको गतिविधिलाई पनि अपलोड गरिएको सामुहिक विद्यालयका अध्यक्ष गम्भिर गुरुङले बताए ।

डब्लुडब्लुडब्लु डट ज्वाईन्टस्कुल फेमिलि डटकम रहेको सामुहिक विद्यालय परिवारका पूर्व अध्यक्ष उदय मल्लिकले बताए । वेभसाईटमा हरेक विद्यालयको प्रोफाइल समेत राखिएको छ । मल्लिकले भने, ‘हाम्रो १९ सदस्य विद्यालयको पूर्ण विवरण अब डिजिटल प्रविधिमा हेर्न र पढ्न पाइनेछ ।’

त्यसै गरी उक्त वेभसाईटमा विद्यालयहरुले प्रयोगमा ल्याएको पुस्तक, क्यालेन्डरहरु समेत राखिएको छ ।

वेभसाईटको एक समारोहकाबीच सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले शुक्रबार उद्घाटन गरेका हुन् ।