२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

शान्ति नमुनामा शहिदको सम्झना

शुक्रवार , माघ १६, २०७७

तिलोत्तमा, १६ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार शहिदको सम्झनामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शहिदको वास्तविक सपना अझै पनि पुरा नभएको भन्दै त्यसलाई पुरा गर्नका लागि आजका बालबालिकाले भोली देशको सक्षम नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा विद्यालयका अंग्रेजी माध्यमका संयोजक दिपेन्द्र शाक्य, कक्षा १० मा अध्ययनरत छात्र कुशल आचार्य र कक्षा ९ मा अध्ययनरत छात्रा  सिमा न्यौपानेले शहीद दिवसको सान्दर्भिकता र शहिदको योगदानका बारेमा चर्चा गरेका थिए ।
यसअघि शहिदहरुको तस्विरमा माल्यार्पण र एक मिनेट मौन धारणसहित उहाँहरुको स्मरण र सम्मान कार्यक्रम गरिएको शिक्षक दिनेश खड्काले जानकारी दिए ।