२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

बुधवार , आश्विन १७, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १७ असोज । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । 

    चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो । 

    आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । 

    एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।