मंगलवार, मंसिर १९ गते २०८०

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

images
images

खबर पात्रो

५, आश्विन २०८०
  • 335
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौं, ५ असोज । 
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार (आज) पनि बस्दैछ । कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे पनि बस्न लागेको हो । आजको बैठकमा हिजोदेखि धारणा राख्न सुरु गरेका केन्द्रीय सदस्यहरुमध्ये बाँकी केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् । 

    सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरुबारे जानकारी गराएका थिए ।

    images
    images

    ‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा खड्काले गरेका थिए ।

    हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

     

    images
    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०६:५०:२९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij