मंगलवार, मंसिर १९ गते २०८०

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

images
images

खबर पात्रो

३१, भाद्र २०८०
  • 703
    SHARES
  • परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

    रुपन्देही, ३१ भदौ । 
    आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागत रुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ ।

    बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने तीजका भाकाहरु आफै गाएर बजाएर सहभागीलाई दिनभर मनोरञ्जन दिलाइएको हो । 

    images
    images

    कार्यक्रममा कुनै ठूलो साउण्ड सिस्टमको व्यवस्था गरिएको थिएन न त कुनै ठूलो भोजभतेर नै थियो । तर, दिनभर कार्यक्रममा सहभागीले आफै गीत गाए र नाचे अनि सहभागीहरुबाटै मादल तथा बाद्यबाधनको व्यवस्थापन गरिएको थियो । 

    सहभागीहरुले गाउँको भण्डारथुम, तीनसल्ली, नेटाखर्क, कुटिकाचौर, देउरालीको डाँडामा जस्तै कार्यक्रम भएको भन्दै दिनभर मनोरन्जल लिँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रम गर्न सुझाएका थिए । 

    कार्यक्रममा सहभागी हुन मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोखरेल, मरेङ्ग गाविसका पूर्वअध्यक्ष चूरामणि भुसाल, मालारानी वडा नम्बर १ का पूर्व वडाअध्यक्ष बालकृष्ण भुसाललगायत आएका थिए । 

    सम्पर्क मन्चका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षता तथा सचिव उमेश कुँवरको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले कर्म ठाउँमा रहेर जन्म ठाउँको संस्कृति संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरिन् । उनले गाउँको विकास र संरक्षणका लागि यस्ता बसाई र भेलाले आपसी आत्मीयता बढाउने, लगानीको र सहयोग आदानप्रदानको भावनाको विकास गराउने बताइन् । उनले अब गाउँको बसाईमा पनि योगदान पुग्ने रचनात्मक कामहरुमा सहकार्य गर्ने गरी योजना बनाउन आग्रह गरिन् । 

    कार्यक्रममा संरक्षक शालिकराम बन्जाडे, पूर्वअध्यक्ष दिनामणि उपाध्याय, ऋषि आजाद, होराइजन कलेजका प्रमुख गोपाल आचार्य, सान्दे मिलन महिला समूहका पूर्वअध्यक्ष कमला ज्ञवालीलगायतले परम्परागत संस्कृति संरक्षणका लागि मन्चले यस्तै रचनात्मक कार्यक्रम गर्न सुझाव दिएका थिए । 

    कार्यक्रमको शुभारम्भ सहभागी अग्रज महिला यमकला बस्नेत, बालकुमारी आचार्य, बालकुमारी भुसालले गीत गाएर नाचेर गरेका थिए ।

    images
    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०५:०२:५७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij