
शुक्रवार , भाद्र २९, २०८०
कहाँ छ आकाश ?
कहाँ छ सुर्य ?
कहाँ छिन बसुन्धरा ?
कहाँ छ उदय ?
यो जीवन कसको हातमा छ ?
वास्तविक कुनै प्रमाण छैन् ।
जो मनुष्य आफूभन्दै त्यहाँ भविष्य कहाँ छ ।।
यात्राको साथी मेरो आफ्नै विश्वास कोही साथ नभए ।
मेरो मुटु मेरो साथ छ ।।
को बुझ्छ ? एउटा गरीबको पीडा ।
दरिद्रताको जीवन मात्र छ ।।
भिखारीले श्रमको सिढी ।
महाजनको दुनिया छ ।।
कसले रच्यो यो संसार ?
किन बनायो दरिद्र ?
आज आँशुको एकबुँद गिराउने ठाउँको अभाव छ ।
हामी भिखारी मातृकोबालक अरु कोही कहाँ छ ।।
पिरैपिरले मुस्कुराउँछिन मुटुमा बोझ कहाँ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij