मंगलवार, मंसिर १९ गते २०८०

भैरहवामा पाँच करोडको लगानीमा ‘साँवरिया’ सञ्चालनमा 

भैरहवामा पाँच करोडको लगानीमा ‘साँवरिया’ सञ्चालनमा 

images
images

खबर पात्रो

२१, भाद्र २०८०
  • 5.5K
    SHARES
  • भैरहवामा पाँच करोडको लगानीमा ‘साँवरिया’ सञ्चालनमा 

    भैरहवा, २१ भदौ ।
    भैरहवामा पाँच करोड रुपैयाँको लगानीमा ‘साँवरिया’ सञ्चालनमा आउँदैछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित आवारोडमा ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’ अन्तर्गत ‘साँवरिया’ ब्राण्ड सञ्चालनमा आउन लागेको बिहीबार सञ्चालकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

    ‘साँवरिया’ भदौ २४ गते आइतबार उद्घाटन गरिने सञ्चालक अरुण कुमार अग्रवालले बताए । ‘साँवरिया’ एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.को पहिलो व्यवसायिक प्रतिष्ठान भएको उनले बताए ।

    images
    images

    भारतलगायत विभिन्न मुलुकबाट बुद्ध जन्मस्थलसँगै लुम्बिनी प्रदेशका विभिन्न आध्यात्मिक धाम घुम्त आउने पर्यटक लक्षित गरेर शुद्ध साकाहारी र जैन परिकार उपलब्ध गराउन ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’ अन्तर्गत ‘साँवरिया’ ब्राण्ड प्रस्तुत गरिएको अग्रवालले बताए । उनले भने, ‘साँवरियामा गुणस्तरीय मिठाईका साथै विभिन्न प्रकारका खाजाहरु उपलब्ध छन् ।’

    अग्रवालका अनुसार आकर्षक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको यो व्यवसायिक प्रतिष्ठानमा विभिन्न प्रकारका उच्च गुणस्तरका मिठाई, प्रभातकालीन नास्ता, दिउँसोको खाजा उपलब्ध रहेका छन् । उनले भने, ‘ग्राहकको चाहनाअनुसार यहाँ दक्षीण भारतीय खाजाकासाथै चीनीयाँ स्वादका परिकार उपलब्ध हुनेछन् ।’

    ‘साँवरिया’मा अरुण अग्रवालसहित कृष्णप्रसाद शर्मा (सानु), ज्ञानेन्द्र कार्की, गौरव दारुका र आदर्श अग्रवालको व्यवसायिक साझेदारी रहेको छ ।

    पूर्ण वातानुकूलित साँवरियामा एकैपटक १३० जनालाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अग्रवालले बताए । ‘साथै कार्यक्रम हलको समेत सुविधा रहेको छ । यहाँ आउने पाहुनाका लागि नजिकै सानु डिपार्टमेन्टलमा पार्किङ सुविधा समेत रहेको छ,’ अग्रवालले भने ।

    ‘साँवरिया’ले आगामी दिनमा पारिवारिक र संघ–संस्थाले आयोजना गर्ने भोजमा क्याटरिङ सुविधा उपलब्ध गराउने उनले बताए । यहाँ उपलब्ध सम्पूर्ण मिठाईका परिकारको ‘होम डेलिभरी’ सुविधा थप गरिने समेत अग्रवालले जानकारी दिए । ‘हामीले यहाँ शुद्धता, गुणस्तर र सरसफाइलाई प्राथमिकता दिएका छौं । अनुभवी जनशक्तिले तयार गर्ने मिठाईमा शुद्ध घिउको प्रयोग गरिएको स्पष्ट पार्न चाहन्छौं । यहाँ ५१ जनाले रोजगारी पाएका छन्, ’उनले भने ।

    नाफामुलक भन्दा सेवा भावनाले यसको सुरुवात गरिएकाले आगामी दिनमा सामाजिक सुरक्षा दायित्वमार्फत मुनाफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताए । ‘आगामी दिनमा ग्राहकको अपेक्षा र मागअनुसार हाम्रो ब्राण्डलाई मुलुकका विभिन्न सहरमा ‘चेन’का रूपमा विस्तार गरिनेछ, ’उनले भने ।

     

    images
    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १६:४२:४८ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij