२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोटरी र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्रयाकसुट वितरण

आइतवार , माघ ११, २०७७

बुटवल, ११ माघ ।
बुटवलमा स्थापित रोट्रयाक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा देवदह नगरपालिका वडा नम्बर १० चरंगेस्थित सिता माध्यमिक विद्यालयमा गरीब तथा असहाय विद्यार्थीहरुका लागि ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेको तथा रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका कार्यवाहक अध्यक्ष मुक्तिराम भण्डारीको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अध्यक्षद्वयले आफूभन्दा कम भाग्यमानी विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू लगायत आफ्नो क्लब अत्यन्तै खुशी भएको बताए । विगतका दिनहरुमा पनि उक्त विद्यालयमा अध्यक्षद्वय बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारी लगायत उहाँहरुको टिमले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति सिता माध्यमिक विद्यालयका प्राचार्य महेश थैव, विशिष्ट अथिति क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी लगायतले बोल्दै रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई आभार व्यक्त गर्दै क्लबको प्रगतिको शुभकामना समेत व्यक्त गरेका थिए ।

रोट्रयाक्ट क्लब लुम्बिनी स्टार्सका अध्यक्ष मुक्ति भण्डारीको स्वागत मन्तव्य, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सुमन बस्यालको धन्यवाद ज्ञापन तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव प्रकाश खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।