२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कोरोना भाईरस बिरुद्धको खोप 

लुम्बिनी प्रदेशका लागि साढे ३९ हजार डोज आउँदै

आइतवार , माघ ११, २०७७

बुटवल। भारत सरकारले उपलब्ध गराएको कोभिड १९ बिरुद्धको खोप अन्तरगत लुम्बिनी प्रदेशको लागि ३९ हजार ४ सय ९५ डोज ल्याइँदै छ। भारत सरकारले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको मध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशको लागि छुट्याइएको हो। 

खोप कार्यान्वयनको सम्बन्धमा आइतबार संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकायहरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो। छलफलमा स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीसहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक, प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारीहरुको सहभागिता रहेको थियो। 

छलफलका क्रममा काठमाण्डौबाट लुम्बिनी प्रदेशको लागि आवश्यक खोप पठाइसकिएको जानकारी गराइएको थियो। ‘प्रदेशको लागि कोभिड १९ विरुद्धको भ्याक्सीन काठमाण्डौबाट हिड्यो भन्ने जानकारी गराइएको छ। भोलि विहान हामीले प्राप्त गर्छौ, सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले भने ‘पर्सि विहानदेखी सबै जिल्लामा पठाउन सुरु हुन्छ।’ 

भर्चुअल बैठकमा जिल्लाहरुमा खोपको आपूर्ति कसरी गर्ने, कसलाई दिने, खोपका कारण केहि भवितब्य भइहाले के गर्ने भन्ने बारेमा समेत छलफल भएको डा. पौडेलले जानकारी दिए। माघ १४ गतेबाट खोप कार्यक्रम सुरु गर्ने संघिय सरकारको तयारी छ। सबै सरकारी अस्पतालको खोप क्लीनिकबाट कोभिड १९ विरुद्धको भ्याक्सीन लगाईने छ। तर कहाँ कहाँ खोप केन्द्र तोक्ने भन्नेमा गृहकार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

लुम्बिनी प्रदेशको लागि बुटवलमा आएको खोप सुरुमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिने छ। नेपालगञ्ज रोडमा रहेको केन्द्रमा आवश्यक चिस्यानको मापन गरेर खोप राखीने केन्द्रका निर्देशक दिनेस कुमार चापागाईले बताए। ‘आवश्यक चिस्यान मापन गरेर यहाँ राखीन्छ। बटोमा लैजादा र जिल्लामा पनि आवश्यक चिस्यानमा राखीन्छ।’ उनले भने ‘स्वास्थ्य निर्देशनालयले बनाएको सुचि अनुसार प्रदेशका १२ वटै जिल्लामा पठाउँछौं।’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप गत विहिवार काठमाडौँ आएको हो। अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने छ।