२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

शुक्रवार , भाद्र १५, २०८०

काठमाडौं, १५ भदौ । 
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले २३ मत पाउँदा पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टीमबाट १२ जना निर्वाचित भएका छन् ।